काठमाडौँ । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंक र सिटिजन्स बैंकलाई कारबाही गरेको छ । ऋणीबाट बढी ब्याज असुल गरेको, कर्जा सम्झौता गर्दा सम्झौता पत्रमा कर्जाको प्रकार, लागू हुने ब्याजदर, किस्ता सम्बन्धी व्यवस्था सरल एवम् स्पष्ट भाषामा नलेखिएको पाइएपछि राष्ट्र बैंकले दुवै बैंकलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकको सुपरीवेक्षण विभागका अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नियामकीय प्रावधान उल्लंघन गरेको पाइएपछि दुवै बैंकलाई कारबाही गरिएको हो ।
राष्ट्र बैंकले गरेको इन्स्पेक्सनका क्रममा निर्देशित क्षेत्रमा कर्जाको गलत रिपोर्टिङ गरेको पाइएपछि सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई सचेत समेत गराइएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताएका छन् ।
त्यस्तै, सिटिजन्स बैंकले निर्देशनविपरीत सिइओको करार सम्झौतामा संशोधन गरी सुविधा वृद्धि गरेको पनि राष्ट्र बैंकले फेला पारेको छ । साथै बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाले गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दाबी परेका बैंक जमानतको भुुक्तान तोकिएको समयभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रुपमा म्याद बढाइएका कर्जामा नियमानुसार कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पनि भेटिएको छ ।
यसरी सिटिजन्स बैंकले राष्ट्र बैंकबाट दिइएको निर्देशन पालना नगरेको भन्दै बैंकलाई सचेत गराइएको छ ।
यता ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई नदिएको भन्दै राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई पनि सचेत गराएको छ । यतिसम्म की एनआईसी एशिया बैंकले ऋणीबाट बढी ब्याज असुलेको समेत भेटिएको राष्ट्र बैंकका अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार एनआईसी एशिया बैंकलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ बमोजिम सचेत गराइएको छ । राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा बैंकले चालु पुँजी सम्बन्धी मार्गदर्शन पूर्ण रुपमा पालना नगरेको र तोकिएको क्षेत्रमा प्रवाह भएका कर्जाको समेत गलत रिपोर्टिङ गरेको फेला पारेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्