×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिपेन्द्र अग्रवाल पक्राउ परेपछि दीपकराज गिरीले फेसबुकमा लेखे- ‘मेस्सी पक्राउ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दिपेन्द्र अग्रवाल पक्राउ परेपछि दीपकराज गिरीले फेसबुकमा लेखे- ‘मेस्सी पक्राउ’

Artha Sarokar

५ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएपछि कलाकार दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमा व्यङ्ग्य गरेका छन् । 

उनले फेसबुकमा ‘मेस्सी पक्राउ’ लेख्दै व्यङ्ग्य गरेका हुन् । सोही पोष्टमा गिरीले ‘सेयर बजार’ पनि लेखेका छन् । यसले उनको पोष्ट दिपेन्द्र अग्रवाललाई नियन्त्रणमा लिइएको विषयमै केन्द्रित रहेको प्रष्ट पार्छ ।

अग्रवाललाई सोमबार प्रहरीले काठमाडौँको टोखाबाट नियन्त्रणमा लिएको हो । उनलाई आपराधिक लाभ तथा ठगी कसुरमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अग्रवालविरुद्ध केही दिनअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । तर, उनको लोकेसन थाहा नहुँदा प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिन सकेको थिएन । तर, सोमबार उनी कहाँ छन् ? भन्ने सुराकीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी