काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच सम्झौता भएको छ । क्यापिटल र हाइड्रोपावरबीच असार २२ गते सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौतासँगै माछापुच्छ्रे क्यापिटलले अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, सेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने भएको छ ।
सम्झौता माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक विर बहादुर घलेले हस्ताक्षर गरेका हुन् ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्