×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निफ्राको नाफासँगै ईपीएस पनि घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

निफ्राको नाफासँगै ईपीएस पनि घट्यो

Artha Sarokar

७ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को नाफा घटेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा १३.८६ प्रतिशतले घटेको हो । यस अवधिमा निफ्राले १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.५१ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ७९.७३ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी घटेसँगै नाफा पनि घट्न पुगेको हो ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २५.०३ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा पनि १३.६९ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस ८६ पैसा घटेर ५ रुपैयाँ ३० पैसामा झरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १ सय १८ रुपैयाँ ८८ पैसा छ भने मूल्य आम्दानी अनुपात ५९.९६ गुणा रहेको छ । २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी