Skip to content
LAXMI SUNRISE BANK

अमेरिकाको सपनाः बैंक ब्यालेन्स देखाउन भन्दै सवा करोड खातामा हाल्न लगाएर ठगी, तीन जना पक्राउ 

अर्थ सरोकार

काठमाडौँ । बैंक खातामा ब्यालेन्स देखाउन भन्दै रकम हाल्न लगाएर करोडौँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेको बनेपाका २३ वर्षीय विशाल घिमिरे, सर्लाहीको लालबन्दीका २५ वर्षीय समीर सिंह र सर्लाहीकै कबिलासीका २६ वर्षीय अशोक कुमार यादवलाई पक्राउ गरेको हो । 

पक्राउ परेका तीनै जनाले आफूहरुले तयार गरेका व्यक्तिलाई अमेरिका जानका लागि बैंक खातामा ब्यालेन्स देखाउनुपर्ने भन्दै सवा करोड रुपैयाँ हाल्न लगाएका थिए । 

तर, खातमा रकम आएपछि उनीहरु सम्पर्कविहीन भएका थिए । आफू ठगिएको थाहा पाएपछि पीडितले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेकामध्ये घिमिरेले यसअघि पनि यसैगरी ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी २०८२ बैशाख १८ गते यसैगरी ६१ लाख ठगी गरेको आरोपमा पक्राउ परेका थिए । हाल पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK