काठमाडौँ । सोमबार काठमाडौँको टोखाबाट पक्राउ परेका सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालविरुद्ध केही दिनअघि नै पक्राउ पुर्जी जारी भएको पाइएको छ । अग्रवालविरुद्ध अदालतले केही दिनअघि नै पक्राउ पुर्जी जारी गरिसकेको प्रहरीको दाबी छ ।
पक्राउ पुर्जी जारी भइसकेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । ‘पक्राउ पुर्जी केही दिन अघि नै जारी भइसकेको थियो ।’, एक प्रहरीले भने, ‘तर, लोकेसन पत्ता नलाग्दा पक्राउ गर्न सकिएको थिएन ।’
तर, सोमबार उनी कहाँ छन् भन्ने सुराकीपछि अग्रवाललाई पक्राउ गरिएको ती प्रहरीले बताएका छन् । ती प्रहरीका अनुसार अग्रवाल कहाँ छन् ? भन्ने सुराकी सेयर ब्रोकरका कर्मचारीले दिएका थिए ।
१०० मा फोन गरेर सेयर ब्रोकरका एक कर्मचारीले उनी बसिरहेको स्थानबारे सुराकी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध आपराधिक लाभ तथा ठगी मुद्दा दर्ता भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्