काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चौथो त्रैमाससम्म ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद नाफा ६ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको खुद नाफासँगै खुद ब्याज आम्दानी पनि बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ३१.८९ प्रतिशतले बढेर ६७ करोड २ लाख रुपैयाँ पुगेको छ । साथै, कम्पनीको ब्याज आम्दानी पनि १३.८९ प्रतिशतले बढेर ३७ करोड २ लाख पुगेको छ ।
चौथो त्रैमाससम्म लघुवित्तको खुद सञ्चालन आम्दानी ४५ करोड ३८ लाख र सञ्चालन मुनाफा १३ करोड ४८ लाख रुपैयाँ रहेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ५ करोड २१ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवससम्म ४ करोड ९१ लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको रिटेन्ड अर्निङ ५ करोड २१ लाख रुपैयाँले धनात्मक बनेको छ । त्यस्तै, खराब कर्जा ४.२१ प्रतिशतबाट घटेर २.१३ प्रतिशतमा झरेको छ ।
आरम्भ चौतारीको प्रतिसेयर आम्दानी २५.७२ रुपैयाँ र नेटवर्थ १५६.१८ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्