काठमाडौँ । बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले मन्त्री पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई मंगलबार उनले राजीनामा बुझाएका हुन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता तथा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला मन्त्री खड्काले पदबाट राजीनामा दिएका छन् ।
यसअघि गत शुक्रबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका थिए । सोही दिन मुख्यमन्त्री लामाले चारै मन्त्रीलाई पदमुक्त गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्