Skip to content
LAXMI SUNRISE BANK

टेलिग्राम एपमाथि प्रतिबन्ध, तत्काल बन्द गर्न निर्देशन !

अर्थ सरोकार

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई टेलिग्राम तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

टेलिग्राम एपमार्फत अनलाइन ठगी र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराध बढेको भन्दै सो एपमाथि प्रतिबन्ध लगाइएको हो ।

टेलिग्राममार्फत फ्रडको संख्या बढेको र अपराधमा समेत संलग्नता रहेको देखिएकोले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाइएको प्राधिकरणका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार एपमाथि बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन समेत दिइसकिएको छ ।

सो एप बन्द गर्न निर्देशन दिइसकिएको जनाउँदै प्राधिकरणले एप बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारवाही समेत गरिने प्राधिकरणका एक अधिकारीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK