Skip to content
LAXMI SUNRISE BANK

विकास हाइड्रोपावरको आइपीओ बाँडफाँड, २ लाख ९४ हजार २ सय ७६ जना भाग्यमानीले पाए १० कित्ताका दरले सेयर

अर्थ सरोकार

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आइतबार बाँडफाँड भएको हो ।

उक्त आइपीओमा मागभन्दा धेरै आवेदन परेको हुँदा १७ लाखभन्दा बढीको हात खाली भएको छ भने २ लाख ९४ हजार २७६ जनाले १०/१० कित्ताका दरले सेयर हात परेका छन् ।

आइपीओका लागि २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड ६१ लाख ४८ हजार ३५० कित्ताका लागि आवेदन परेको थियो । जसमा २० लाख ४३ हजार ६८६ जनाको आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म २९ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको २९ लाख ४२ हजार ७६० कित्ता सेयर जारी गरेको थियो ।

लगानीकर्ताले आफूलाई आईपीओ परे/नपरेको सीडीएससीको आइपीओ रिजल्ट साइट बाट हेर्न सक्नेछन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK