काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गरेको छ । बैंकले असार ३२ गतेदेखि १० वर्ष अवधिको ‘शाइन रेसुङ्गा डिबेञ्चर’ नामक ऋणपत्र निष्काशन गरेको हो ।
उक्त ऋणपत्रमा बैंकले वार्षिक ८ प्रतिशत ब्याज दिने जनाएको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ । कुल निष्कासनमध्ये ६० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत र ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिने बैंकले जनाएको छ ।
त्यस्तै, सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । उक्त ऋणपत्रमा न्युनतम २५ देखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन साउन ४ गतेसम्म दिन सकिनेछ भने ढिलोमा साउन १४ गतेसम्म खुला रहने बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्