×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्तको नाफा र ईपीएस दुवै बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कालिका लघुवित्तको नाफा र ईपीएस दुवै बढ्यो

Artha Sarokar

१४ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्तको खुद नाफा ३६.४२ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा लघुवित्तले १० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ७ करोड ९२ लाख रुपैयाँ थियो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५०.२९ प्रतिशत र अन्य सञ्चालन आम्दानी ८३.८८ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी पनि ५४.९८ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ९५.८९ प्रतिशतले बढेको छ । 

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड १९ रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधीमा कम्पनीको ईपीएस ५ रुपैयाँ २३ पैसा बढेर २६ रुपैयाँ ५१ पैसा पुगेको छ । यसअवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.९६ गुणा रहेको छ ।

४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३५ करोड २४ लाख रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी