×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रिजवाटर इन्टरनेसनल कलेज ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’ बाट सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ब्रिजवाटर इन्टरनेसनल कलेज ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’ बाट सम्मानित

Artha Sarokar

३० असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ब्रिजवाटर इन्टरनेसनल कलेज ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’ बाट सम्मानित भएको छ । शुक्रबार केन्द्रबिन्दु डटकमले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रममा ब्रिजवाटर उक्त अवार्डबाट सम्मानित भएको हो ।

कलेजलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड कलेजका प्रिन्सिपल कृष्ण पौडेल र भाइस प्रिन्सिपल बिष्णु प्रसाद शर्माले लिएका थिए ।

कलेजले हाल गुणस्तरीय र आधुनिक शिक्षालाई प्राथमिकतामा राख्दै विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै, कलेजले शैक्षिक क्षेत्रसँगै विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि र करियर गाइडसमेत प्राथमिकतामा राखेको छ ।

ब्रिजवाटरले माध्यमिक शिक्षा परीक्षा (एसईई) पश्चातको +२ तहमा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायहरूमा अध्ययनको अवसर प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी