काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । भ्रष्टाचारमा मुछिएको भन्दै राईविरुद्ध अख्तियारमै उजुरी परेको हो ।
राईविरुद्ध आइतबार अख्तियारमा उजुरी परेको अख्तियारका एक उच्च अधिकारीले पुष्टि गरेका छन् । ती अधिकारीका अनुसार राईविरुद्धको उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको छ । राईविरुद्ध सिन्धुली कमलामाईका युवराज पौडेलले उजुरी दिएका छन् ।
उजुरीमा वाइडबडी जहाज प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको संलग्नताबारे अनुसन्धान गर्न माग गरिएको छ ।
‘अख्तियारका प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका प्रेमकुमार राईमाथि तत्काल पुरक अभियोग पत्रमार्फत मुद्दा दायर गरी हदैसम्मको कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्दै उजुरी पेश गरेको छु ।’, उजुरीमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्