काठमाडौँ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले साउन १५ गतेदेखि सर्वसाधारणका लागि २९ लाख १९ हजार ५ सय कित्ता आईपीओ बिक्री खुला गरेको हो ।
यस अघि कम्पनीले गत जेठ २० गते प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
यस अघिनै कम्पनीले कुल जारी पुँजीको १०/१० प्रतिशत सेयर आयोजना प्रभावित र वैदेशीक रोजगारीमा रहेकाहरुला लागि निष्कासन गरिसकेको छ । सर्वसाधारणले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।
आईपीओ खरिदका लागि लगानीकर्ताले छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गते सम्म आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्