×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरको योजनामाथि डेपुटी गभर्नरको ‘अब्जेक्सन’, भनिन्- ‘तत्काल नयाँ लाइसेन्स दिन सकिन्न’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गभर्नरको योजनामाथि डेपुटी गभर्नरको ‘अब्जेक्सन’, भनिन्- ‘तत्काल नयाँ लाइसेन्स दिन सकिन्न’

Artha Sarokar

११ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकका लागि लाइसेन्स खुलाउन नसकिने बताएकी छिन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर ढुंगानाले यस्तो बताएकी हुन् । उनले अहिले नै नयाँ बैंकको लाइसेन्स बाँड्न सक्ने अवस्था नरहेको बताएकी छिन् ।

बैंकहरुमा समस्या आएकै कारण बैंकहरुबीच मर्ज गरेको धेरै नभएको स्मरण गराउँदै डेपुटी गभर्नर ढुंगानाले तत्काल बैंकको लाइसेन्स खोल्न नसकिने बताएकी छिन् ।

अर्कोतर्फ नेपालमा कति वटा बैंक उपयुक्त हुन्छ ? भन्ने सन्दर्भमा समेत राष्ट्र बैंकले अध्ययन गरिसकेकाले दुई वर्षअघि एउटा अध्ययन गरेर निर्धारण गरिएको संख्या मिचेर अब बैंकको लाइसेन्स खुलाउने कुरा सम्भव नभएको पनि ढुंगानाले दाबी गरेकी छिन् ।

यसो त राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल बैंकको नयाँ लाइन्सेन्स खोल्ने योजनामा छन् । उनले यसअघि नै मौद्रिक नीतिमार्फत नयाँ बैंकको लाइसेन्स खोल्ने तयारी गरेका थिए । तर, गभर्नर नयाँ बैंकको लाइसेन्स खोल्ने योजनामा रहँदा डेपुटी गभर्नरले भने गभर्नरको उक्त योजनामा आफ्नो ‘अब्जेक्सन’ जनाएकी छिन् ।

तथापि राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत गरिएको व्यवस्था कार्यान्वय गर्दै बैंकिङ क्षेत्रमा स्थायित्व कायम गर्न आफू र राष्ट्र बैंक निरन्तर प्रयासरत रहेको बताएकी छिन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी