Skip to content
LAXMI SUNRISE BANK

१० दिनपछि रिहा भए दिपेन्द्र अग्रवाल, अब के हुन्छ ?

अर्थ सरोकार

काठमाडौँ । सेयर कारोबारी दिपेन्द्र अग्रवाल रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँले अग्रवाललाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो । 

१० दिनको हिरासत बसाइँपछि उनी बुधबार रिहा भएका छन् । 

अग्रवाललाई साउन ५ गते आपराधिक लाभ तथा ठगी कसुरमा काठमाडौँको टोखाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । १० दिनको अनुसन्धानपछि भने अदालतको आदेश अनुसार हाजिरी जमानीमा रिहा गरिएको छ ।

उनी रिहा भए पनि उनीमाथिको अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK