काठमाडौँ । डिशहोमले नेपालमा पहिलोपटक पूर्ण डिजिटल ‘भर्चुअल ग्राहक प्रिभिलेज कार्ड’ सार्वजनिक गर्ने तयारी गरेको छ । इन्टरनेट तथा टेलिभिजन सेवा क्षेत्रमा सक्रिय डिशहोमले ‘माइ डिशहोम एप’ मार्फत यो सेवा ल्याउँदैछ, जसले ग्राहकको दैनिक जीवनशैलीमा थप मूल्य थप्ने उद्देश्य राखेको छ ।
डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारामानन्धरका अनुसार, यो कार्डले केवल डिजिटल मनोरञ्जन र इन्टरनेट सेवा मात्र नभई उपभोक्ताको सम्पूर्ण जीवनशैलीमा सघाउ पुर्याउनेछ । ‘हामी डिजिटल जीवनशैली ईकोसिस्टम निर्माणतर्फ अगाडि बढिरहेका छौं,’ उनले बताए ।
एक्टिभ सदस्यता भएका ग्राहकहरूको मोबाइल एपमा स्वचालित रूपमा देखिने यो कार्डमार्फत ग्राहकहरूले २५ प्रतिशतसम्मको छुट पाउनेछन् । यो छुट होटल, क्याफे, रेस्टुरेन्ट, अस्पताल, स्किनकेयर, फिटनेस क्लब, मोबाइल एक्सेसोरिज, इलेक्ट्रोनिक्स, होम अप्लायन्सेस, अटोमोबाइल शोरूम र सपिङ मलहरूमा लागू हुनेछ ।
यो कार्ड केवल सक्रिय सदस्यता भएका प्रयोगकर्ताहरूको एपमा मात्र देखिने भएकाले यसको सुरक्षा र विशिष्टता सुनिश्चित गरिएको छ । सेवा सुरु भएपछि ग्राहकले ‘माइ डिशहोम एप’ खोली सहभागी आउटलेटहरूमा डिजिटल कार्ड देखाएर छुट सुविधा लिन सक्नेछन् ।
डिशहोमले इन्टरनेट, टिभी र अब ‘ग्राहक लाभ’ अनुभवलाई डिजिटलरूपमा एकीकृत गर्दै नेपालको डिजिटल युगमा नवीनता र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । कम्पनीले ग्राहकलाई यो सुविधा लिनका लागि आफ्नो एप स्टोर वा प्ले स्टोरमार्फत ‘माइ डिशहोम एप’ डाउनलोड वा अपडेट गर्न आग्रह गरेको छ ।