×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डाक्टरको आन्दोलन: अस्पताल बन्द, बिरामी अलपत्र (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डाक्टरको आन्दोलन: अस्पताल बन्द, बिरामी अलपत्र (तस्विरहरू)

Artha Sarokar

२३ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।

संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।

आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि आन्दोलनको असर परेको छ । ओपीडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन् ।

कतिपय बिरामी आज रिपोर्ट देखाएर आजै फर्किने गरी आएका थिए । उनीहरुलाई खान-बस्नकै समस्या भएको छ । आन्दोलन कहिलेसम्म चल्ने टुंगो नहुँदा उनीहरु अन्योलको स्थितिमा छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी