काठमाडौँ । युक्रेनमा चालु वर्षको पहिलो छ महिनामा विद्युतीय सवारीसाधनको बिक्रीमा ३० प्रतिशतको वृद्धि भएको छ । युक्रेनी सवारीसाधन उत्पादक सङ्घ उक्राभटोप्रोमद्वारा प्रकाशित प्रतिवेदन अनुसार, उक्त अवधिमा देशभर ३१ हजार सात सय ५३ वटा विद्युतीय सवारीसाधन दर्ता भएका छन् ।
जम्मा ३० हजार सात सय ६३ वटा यात्रु सवारी, नौ सय ७८ वटा मालवाहक सवारी र तीन वटा ठूलो बस दर्ता भएका छन् ।
उक्त अवधिमा सबैभन्दा बढी बिक्री भएको नयाँ विद्युतीय सवारी मोडेल बिवाईडी सोङ प्लस रह्यो । त्यसपछि क्रमशः फक्सवागन आइडी युनिक, होंडा ईएनएस-१, जिकर-७ एक्स र जिकर-००१ लोकप्रिय सवारीरूपमा रहेका छन् ।
यसअघि सन् २०२४ मा युक्रेनमा विद्युतीय सवारीसाधनको कुल बिक्री ५१ हजार सात सय भन्दा बढी पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको हो ।