×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाढीका कारण हाइड्रोमा व्यापक क्षति, अन्धकारमा रसुवागढी, विद्युत उत्पादनको टुंगो छैन ! (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बाढीका कारण हाइड्रोमा व्यापक क्षति, अन्धकारमा रसुवागढी, विद्युत उत्पादनको टुंगो छैन ! (तस्विरहरु)

Artha Sarokar

२७ असार २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल-चीन नाका क्षेत्रको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

सो बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुगेको छ ।

बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीका कारण पानी निकास हुने सुरुङबाटै बाढी पस्दा पावरहाउस जलमग्न भएको छ भने हेडबक्स लगायत अन्य संरचनामा क्षति पुगेको स्टेसन हेड सन्तोष अधिकारीले बताएका छन् ।

रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट, त्रिशूली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाट क्षमताका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

(तस्विरः प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी