Skip to content
LAXMI SUNRISE BANK

वैदेशिक रोजगारीको सपना देखाएर लाखौँ ठगी, पाँच जना प्रहरीको फन्दामा !

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय साजन गुरुङ, ३६ वर्षीय दिपक थापा, ४७ वर्षीय टेक बहादुर के. सी, ५० वर्षीय भारत प्रसाद पाण्डे र ३८ वर्षीय प्रेम प्रसाद भुसाल रहेका छन् ।

राम्रो देश, राम्रो काम र आकर्षक तलबको प्रलोभन देखाएर उनीहरुले रकम ठग्ने गरेका थिए । पीडितहरुले दिएको उजुरीका आधारमा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका गुरुङले जर्मनी पठाउने भन्दै एक जनाबाट १२ लाख ८० हजार रुपैयाँ, थापाले जर्जिया पठाउने भन्दै ३ जनाबाट ६ लाख रुपैयाँ, के. सी. ले ग्रिस पठाउने भन्दै ६ जनाबाट २१ लाख रुपैयाँ, पाण्डेले कोरिया पठाउने भन्दै ३ जनाबाट २० लाख रुपैयाँ र भुसालले कोरिया पठाउने भन्दै ३ जनाबाट ३३ लाख ५० हजाररुपैयाँ ठगी गरेका थिए ।

विदेश पठाउने भनेर पैसा माग्ने र पीडितले पैसा दिएपछि उनीहरु सम्पर्कविहिन हुने गरेका थिए । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय यस्तै प्रकारका ठगीका घटनाहरु बढेको पाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK