काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं. २९ बस्ने ४९ वर्षीय बृहस्पति राई रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७९ साल असार २८ गतेको फैसलाले राईबिरुद्द २० लाख जरिवाना, ४ दिन कैद र क्षतिपुर्ति बापत ८ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर गरेको थियो । अदालतको उक्त फैसला पश्चात उनी फरार भएका थिए ।
फरार राईलाई प्रहरीले शंखमूलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्