काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो ।
न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २५ रुपैयाँ, आलु रातो प्रतिकिलो ४२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २९ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३७ रुपैयाँ, सेतो आलु प्रतिकिलो ३८ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, गाजर (तराई ) ८० रुपैयाँ , बन्दा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ४० रुपैयाँ, रातो मूला प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३० रुपैयाँ, तने बोडी प्रतिकिलो १५ रुपैयाँ र मकै बोडी प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।
यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ३० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ६० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ११० रुपैयाँ, तीतो करेला प्रतिकिलो १० रुपैयाँ, लौका प्रतिकिलो १५ रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ३० रुपैयाँ, चिचिण्डो प्रतिकिलो १५ रुपैयाँ, घिरौला प्रतिकिलो २० रुपैयाँ, झिगुनी प्रतिकिलो ४० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (लाम्चो) १५ रुपैयाँ फर्सी हरियो (डल्लो) प्रतिकिलो २५ रुपैयाँ, सलगम ६० रुपैयाँ, भिण्डी प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ६० रुपैयाँ, स्कूस प्रतिकिलो ३० रुपैयाँ, रायोसाग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ७० रुपैयाँ, तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, कुरिलो प्रतिकिलो २०० रुपैयाँ, न्युरो ७० रुपैयाँ निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो ७५ रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो २०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २८० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी ११० रुपैयाँ, पार्सले १००० रुपैयाँ, सौफको साग १५० रुपैयाँ, पुदीना १८० रुपैयाँ, इमली १९० रुपैयाँ, तामा १०० रुपैयाँ तोफु १०० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँ तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) १२५ रुपैयाँ, कागती प्रतिकिलो १२० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, आँप (माल्द) प्रतिकिलो १२५ रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १२५ रुपैयाँ, तर्बुजा हरियो ९० रुपैयाँ, मौसम प्रतिकिलो १४० रुपैयाँ, जुनार प्रतिकिलो २२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो १० रुपैयाँ, रुखकटहर प्रतिकिलो ३५ रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो २५ रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, लप्सी २५ रुपैयाँ निर्धारण गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्