काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र बिचौलियाबिच भएको घुस लेनदेनमा जोडिएको जग्गा हो, पोखरा बाटुलेचौर मार्गमा रहेको ‘लिची गार्डेन’ ।
सोही गार्डेन आफूले चाहेको व्यक्तिको नाममा दर्ता गराउन ती बिचौलियाले खमबहादुर पुनलाई भूमि आयोग र रामचन्द्र अधिकारीलाई कास्कीको मालपोतमा सरुवा गर्न मन्त्री गुप्ता घुसको डिल गरेका थिए । अडियोमा सुनिएका ती बिचौलियाले करिब दुई वर्षदेखि उक्त जग्गा दर्ता गर्न कसरत गरिरहेका थिए । उक्त घुस डिलमा मुछिएका मन्त्री गुप्ताले पदबाट राजीनामा दिइसकेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः