काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १२ सय रुपैयाँले बढेर एक लाख ९१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला २१४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६४ हजार ३ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १८३९ रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।