काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक समितिले किसानको मागअनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
समिति सभापति ऋषिकेश पोखरेलले पालिकामार्फत किसानलाई मल, बीउ लगायतका कृषि सामग्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएका छन् ।
सरकारले अहिले स्थानीय सहकारीहरूमार्फत अनुदानको मल तथा बिउ वितरण गर्दै आएको छ । बैठकले समितिको २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । उक्त प्रतिवेदनलाई यही असार ३१ गते सदनमा पेस गर्ने तयारी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्