×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा बोरिङ खन्न सरकारको अनुमति लिनुपर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पर्सामा बोरिङ खन्न सरकारको अनुमति लिनुपर्ने !

Artha Sarokar

११ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पर्सामा बोरिङ खन्न सरकारको अनुमति लिनुपर्ने भएको छ । जथाभावी डिप बोरिङ खन्ने काम बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले डिप बोरिङ खन्नुभन्दा अगाडि अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था गरेको हो । 

योसँगै अब डिप बोरिङ खन्न चाहने किसानले जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएर अनुमतिसहित अनिवार्य रुपमा सिफारिस लिनुपर्नेछ ।

त्यस्तै, डिप बोरिङ जडान भइसकेको ठाउँमा स्थानीय सहभागी भएको उपभोक्ता समिति गठन गर्ने र सोही समितिको नाममा विद्युत मिटर जडान गर्ने व्यवस्था मिलाउने पनि निर्णय गरिएको छ । जुन कार्यमा किसानलाई विद्युत प्राधिकरण र सम्बन्धित वडाका अध्यक्षहरुले सहजीकरण गर्नेछन् ।

अर्कोतर्फ खडेरीका कारण पर्सामा धान रोपाइँको अवस्था, रोपाइँ प्रश्चात बिरुवाको अवस्था र रोपाइँ नसकिँदै क्षति व्यहोरेका किसानलाई पर्न गएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्तिका लागि आवश्यकता अनुसार समितिमा कृषि ज्ञान केन्द्रले तथ्य, तथ्यांक वितरण पेश गर्ने पनि निर्णय गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी