काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले कुल ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७९.५३ प्रतिशतले धेरै हो । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १३.०१ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १९.२६ प्रतिशत र सञ्चालन मुनाफा ७२.७९ प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९४.७० प्रतिशतले बढेर ६ करोड ७ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २ करोड ८९ लाख रुपैयाँबाट घटेर ६८ लाख रुपैयाँमा सीमित भएको छ । इम्पेयरमेन्ट चार्ज पनि घट्दा र बैंकको खुद ब्याज आम्दानी बढ्दा बैंकको खुद नाफा बढेको हो ।
नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा बैंकका ईपीएस ५ रुपैयाँ १ पैसा बढेर १२ रुपैयाँ १८ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ ११ पैसा छ भने मूल्य आम्दानी अनुपात १२२.०७ गुणा रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १० रुपैयाँ ६७ पैसा छ । ५६ करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्