काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.६१ अङ्कले बढेर २७९४.७८ को विन्दुमा कायम भएको छ ।
आज तीन सय ३० कम्पनीको चार करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर ९९ हजार ५०५ पटक खरिदबिक्री हुँदा रु १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार ८८० बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा व्यापार समूह ०.१८ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह ३.८६ प्रतिशतले बढेको छ । बैंकिङ १.५९, वित्त ०.७५, होटल तथा पर्यटन ०.५९, जलविद्युत् १.२८ र लगानी ०.५२ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन १.३९, लघुवित्त १.८५, म्युचुअल फण्ड १.५८, निर्जीवन बिमा १.८५ र अन्य समूह ०.३३ प्रतिशतले बढेको छ ।
आजको कारोबारका एक सय ९३ कम्पनीको शेयर मूल्य बढ्दा ५५ वटाको घटेको छ । केबिएल डिबेञ्चर–२०९० र थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७.८७ प्रतिशतले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्