काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ८९.९६ प्रतिशतले बढेको हो ।
आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा लघुवित्तले २ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
लघुवित्तको खुद नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ५९.७४ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ८७.८५ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा कम्पनीको खुद नाफामा आकर्षक वृद्धि देखिएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.६७ प्रतिशतबाट घटेर २.९१ प्रतिशतमा सीमित भएको छ ।
गुराँस लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेर १६ रुपैयाँ १८ पैसा बढेर ३४ रुपैयाँ १७ पैसा पुगेको छ । यसैगरी मूल्य आम्दानी अनुपात ६४.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७९ गुणा रहेको छ ।