काठमाडौँ । कर छली गरेको अभियोगमा हार्डवेयर व्यवसायी कारागार चलान भएका छन् । विराटनगरको भट्टा चौकामा रहेको न्यु सौरभ ट्रेडिङ र वियानी एन्ड ब्रदर्श हार्डवेयर र मार्वल्सका सञ्चालक सौरभ कुमार वियानी कारागार चलान भएका हुन् ।
उनीमाथि एक अर्ब ३१ करोड ६४ लाख रुपैयाँ कर छली गरेको अभियोग लागेको छ । उनलाई भ्याट छली गरेको अभियोगमा मोरङ कारागार चलान गरिएको छ ।
हाल कारागार चलान भएका वियानीविरुद्ध असार १६ गते थुनुवा पुर्जी जारी भएको थियो । आन्तरिक राजस्व कार्यालयका कर अधिकृत भवानी प्रसाद दाहालद्वारा हस्ताक्षरित पत्र अनुसार वियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसारको कर छली गरेको ठहर गरेको छ ।
यसो त कार्यालयले व्यवसायी वियानीलाई छली भएको १ अर्ब ३१ करोड ६४ लाख १८ हजार ५ सय ६४ रुपैयाँ बराबरको रकम धरौटी बुझाउन आदेश दिएको थियो । तर, धरौटी बुझाउन नसकेपछि वियानीलाई मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३ (घ) बमोजिम अर्को आदेश नभएसम्मका लागि कारागार चलान गर्न आदेश दिइएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्