Skip to content
LAXMI SUNRISE BANK

ऐतिहासिक स्थल ‘सिन्धुलीगढि’, कुहिरोसँग लुकामारी… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढि आन्तरिक पर्यटकका लागि राम्रो घुमफिर गन्तव्य बनेको छ । प्राकृतिक सौन्दर्यका साथै नेपालको इतिहास बुझ्न पनि मानिसहरु यहाँ पुग्ने गर्छन् । मानिसहरु फोटो/भिडियो खिचेर रमाइरहेका देखिन्छन् ।

काठमाडौँ, जनकपुर, वीरगञ्ज लगायत नेपालका प्रमुख शहरहरुबाट यातायातका साधन सहजै पुग्ने भएपछि गढी आउने पर्यटक बढेका हुन् । इष्‍ट इन्डिया कम्पनीका फौजसँग नेपाली फौजले घमासान युद्ध गरी विजयी हासिल गरेको ऐतिहासिक स्थल हो, सिन्धुलीगढि

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकास्थित सिन्धुलीमाढीबाट करिब १६ किमि उत्तरतर्फ रहेको सिन्धुलीगढि चारैतिर हरियाली फाँटको बीचमा अवस्थित छ । बर्खा सिजनमा यो ठाउँ कुहिरोसँग लुकामारी खेलिरहेको हुन्छ । यो ठाउँ काठमाडौंबाट करिब १५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ ।

सिन्धुलीगढीमा सानो र ठूलो गरी दुईवटा बेग्लाबेग्लै गढी छन् । ठूलो गढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलो गढीमा तोप, गोलाबारुद, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानी संकलन गरिन्थ्यो । सानो गढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास रहेको छ ।

सिन्धुलीगढिको प्रवेशद्वार नजिकैबाट सिँढी हुँदै करिब १५-२० मिनेट उकालो चढेपछि गढीको मुख्य द्वारमा पुगिन्छ । गढीको माथिल्लो भागमा एउटा जीर्ण तथा सुख्खा इनार देख्न सकिन्छ । युद्धका समयमा गोर्खाली फौजका लागि पानीको कमी नहोस् भनेर गढीको एक छेउमा इनार खनेर पानीको भण्डारण गरिन्थ्यो । अन्य थुप्रै ऐतिहासिक स्थलहरु यहाँ रहेका छन् । गढीको उत्तरतर्फ गौरीशंकर हिमालको पृष्ठभूमिमा तामाकोसी नदी बगेको देखिन्छ भने दक्षिणतर्फ हरियाली वनले ढाकेको चुरे पहाडसँगै तराईको समथर मैदान अवस्थित छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK