Skip to content
LAXMI SUNRISE BANK

आइक्यानको ‘बिपीए अवार्ड’ तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न, तस्वीरमा हेर्नुहोस् कार्यक्रमका खास झलक (तस्वीरहरू)

अर्थ सरोकार

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सपथ ग्रहण तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । र्‍याडिसन होटल काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा आइक्यानका निवर्तमान अध्यक्ष सीए प्रविणकुमार झा, महालेखा परीक्षक तोयम राया, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ लगायत उपस्थित थिए । आइक्यानको २९औं अध्यक्षका रूपमा सीए निलबहादुर सारु मगर र उपाध्यक्षमा सीए आनन्दराज शर्मा वाग्लेलाई कार्यक्रममा शपथ गराइएको थियो । आइक्यानले १०औं परिषद् दोस्रो कार्यकालका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण तथा ‘राष्ट्रिय बीपीए अवार्ड’ वितरण गरेको हो।

जसअन्तर्गत निजी क्षेत्रका बैंकहरूमा नबिल बैंकले गोल्ड, सिद्धार्थ बैंकले सिल्भर र नेपाल एसबीआई बैंकले ब्रन्ज अवार्ड पाप्त गरे भने एभरेस्ट बैंक, माछापच्छ्रे बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले नपाल सर्टिफिकेट अफ मेरिट पाएको छ।

त्यस्तै, सावजनिक क्षेत्रका बैंकिङ संस्थामध्ये कृषि विकास बैंकले सिल्भर, वित्तीय सेवा क्षेत्रमा कामना सेवा विकास बैंकले गोल्ड, महालक्ष्मी विकास बैंकले सिल्भर र मक्तिनाथ विकास बैंकले ब्रन्ज अवार्ड पाप्त गरेका छन् भने प्रभु क्यापिटल लिमिटड, लुम्बिनी विकास बैंक र शाइन रेसङ्गा डेभलपमेन्ट बैंकले सर्टिफिकेट अफ मेरिट पाएका छन्। निर्जीवन बीमातर्फ नेपाल इन्स्योरन्स कम्पनीले गोल्ड, शिखर इन्स्योरन्स कम्पनीले ब्रन्ज र हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सर्टिफिकेट अफ मेरिट हासिल गरेको छ । जीवन बीमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरन्स कम्पनीले सिल्भर र आईएमई लाइफले सटिफिकट अफ मेरिट पाएको छ।

कार्यक्रममा उत्पादन क्षेत्रमा युनिलिभर नेपाल लिमिटेडले गोल्ड, बोटलर्स नेपाल (तराई) लिमिटेड र हिमालयन डिस्टिलरी लिमिटेडले ज्वाइन्ट ब्रन्ज तथा बोटलर्स नेपाल लिमिटेडले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ भने पावर र ऊर्जा क्षेत्रमा बुटवल पावर कम्पनीले सर्टिफिकेट अफ मेरिट र सेवा क्षेत्रमा ओरिएन्टल होटल्स लिमिटेडले ब्रन्ज अवार्ड हासिल गरेको छ। आइक्यानको शपथ ग्रहण तथा अवार्ड वितरण कार्यक्रमका खास झलक तस्विरमा हेनुहोस्:

  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK