काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रुपान्तरण गर्ने दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले गठबन्धनमा रहेर थुप्रै अफ्ठ्याराहरुको बीचमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा कयौँ मानक बनाउन सकेको बताएका छन् । आफू सोही दिशाका लागि आत्मालोचनासहित अघि बढेको प्रचण्डको भनाई छ ।
उनले गणतन्त्रमाथि राजावादी मात्र नभइ सरकारको कार्यशैलीबाट नै खतरा रहेको बताएका छन् । ‘पाँच वर्ष सरकार सञ्चालन गर्न पाए यो देशलाई रुपान्तरण गर्नसक्छौँ भन्ने अठोट अहिले पनि हामीसँग छ ।’, उनले भने, ‘यही अठोटका साथ आत्मलोचनाका साथ अघि बढेका छौँ ।’
त्यस्तै, प्रचण्डले सरकारले कुशासनको तानाशाही गाढा चलाइरहेको पनि आरोप लगाएका छन् ।