काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको अर्थतन्त्र लयमा फर्किन थालेको दाबी गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो दाबी गरेका हुन् ।
उनले गत आर्थिक वर्षमा आर्थिक सूचकांकहरूले अर्थतन्त्रमा सुधार भएको देखाएको बताए । राज्यले निजी क्षेत्रका लागि व्यवसायमैत्री वातावरण निर्माण गरिरहेको उल्लेख गर्दै निजी क्षेत्रबाट अपेक्षा गरिएको योगदानप्रति सरकार जानकार रहेको पनि मन्त्री भण्डारीले बताएका छन् । उनले उत्पादन र उत्पादकत्वमा वृद्धि गरी निर्यात बढाउने कुरामा सरकार लागि परेको पनि बताएका छन् ।
‘अर्थतन्त्रमा देखिएका चुनौतीहरुलाई चिरेर अर्थतन्त्रलाई लयमा फर्काउने कुरमा हामीले केही सफलता प्राप्त गरेका छौँ । राज्यले निजी क्षेत्रको लागि व्यवसायमैत्री वातावरण समेत निर्माण गरिरहेको छ ।’, उनले भने, ‘निजी क्षेत्रबाट राज्यले अपेक्षा गरेका कुराहरुमा पनि हामी जानकार छौँ । नेपाली उत्पादनको वृद्धि गरी विदेशी वस्तुको आयात प्रतिस्थापन गर्ने कुरामा समेत सरकार प्रतिवद्ध छ ।’
त्यस्तै, मन्त्री भण्डारीले विदेशी वस्तुको आयातमा नियन्त्रण गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्