Skip to content
LAXMI SUNRISE BANK

नाफासँगै इन्फिनिटी लघुवित्तको ईपीएस पनि बढ्यो

अर्थ सरोकार

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नाफा उल्लेख्य बढेको छ । लघुवित्तले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा १०४.७१ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा लघुवित्तले ९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ करोड ५७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३९.६४ प्रतिशत र अन्य सञ्चालन आम्दानी ४९.६७ प्रतिशतले बढेको छ । सोही अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.९३ प्रतिशत र सञ्चालन मुनाफा १७०.७७ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ६४ पैसाले बढेर १८ रुपैयाँ ८५ पैसा पुगेको छ । 

त्यस्तै, यसअवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा छ भने मूल्य आम्दानी अनुपात ४६.१६ गुणा रहेको छ । ४९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK