Skip to content
LAXMI SUNRISE BANK

बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले दिइन् राजीनामा

अर्थ सरोकार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले राजिनामा दिएकी छिन् । पोखरेलले गत साता नै पदबाट राजिनामा दिएकी हुन् ।

गत चैत १ गते अर्थमन्त्रीस्तरीय निर्णयमार्फत पोखरेललाई चार वर्षका लागि महिला सञ्चालक पदमा नियुक्त गरिएको थियो । तर, पोखरेलले नियुक्तिको पाँच महिनामै पदबाट राजिनामा दिएकी छन् । उनको राजिनामा समेत स्वीकृत भईसकेको बताईएको छ ।

स्वास्थ्य समस्याका कारण बोर्ड बैठकमा समेत उपस्थित हुन नसकेपछि उनले राजिनामा दिएको पाईएको छ ।

पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष समेत हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK