Skip to content
LAXMI SUNRISE BANK

आगामी आर्थिक वर्षको बीमा नीति सार्वजनिक, बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने ! 

अर्थ सरोकार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी वर्षमा बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्ने लक्ष्य लिएको छ । 

काठमाडौँमा आयोजित आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै नेपाल बीमा प्राधिकरण अध्यक्ष शरद ओझाले बीमा व्यवसायीको प्रभावकारी नियमन गर्ने बताएका छन् ।

‘प्रचलित कानून, राष्ट्रिय बीमा नीति, नियमावली, प्राधिकरणको पञ्च वर्षे योजना, विगत वर्षका कार्यक्रम, अन्तर्राष्ट्रिय असल अभ्यास समेतलाई आधार बनाई बीमा ऐन २०७९ को मूल मर्म अनुसार बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न बीमा व्यवसायीको स्वच्छ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउन एवम् बीमा व्यवसायीको प्रभावकारी नियमन गरी बिमितको हित संरक्षण गर्ने यो वार्षिक नीतिले लक्ष्य राखेको छ ।’, उनले भने ।

त्यस्तै, अध्यक्ष ओझाले बीमा सेवाको गुणस्तर अभिवृद्धि गरी जोखिम न्यूनीकरण गर्दै सबल अर्थतन्त्रको निर्माणमा योगदान पुर्याउने समेत बताए । ‘बीमा सेवाको गुणस्तर अभिवृद्धि गरी आधुनिक तथा दिगो प्रणालीको विकास गरी जीवन सम्पत्ति तथा दायित्वको जोखिम न्यूनीकरण गदै सबल अर्थतन्त्रको निमार्णमा योगदान पुर्याउने बीमा क्षेत्रलाई व्यवस्थित विश्वसनीय बनाउने, बिमितको हित संरक्षण गर्ने योजना रहेको छ ।’, उनले भने । 

अध्यक्ष ओझाले आवश्यक स्रोतको कमी रहेको भन्दै बीमा क्षेत्रसँग सरोकार रहेका सरोकारवालाहरुसँग सम्बन्ध कमजोर रहेको पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK