×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईएमई पे र खल्तीको एकीकृत कारोबार सुरु (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आईएमई पे र खल्तीको एकीकृत कारोबार सुरु (तस्विरहरू)

Artha Sarokar

१ श्रावण २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आईएमई पे र खल्ती मर्ज भएका छन् । दुई कम्पनी मर्ज भएर साउन १ गतेबाट एकीकृत कारोबार सुरु भएको छ ।

दुवै कम्पनी एकआपसमा मर्ज भएपछि ‘आइएमई खल्ती लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भएको हो । नेपालमा पहिलो पटक भएको दुई वालेटबीचको यस एकीकरणलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको उपस्थितिमा याक एन्ड यतिमा एक भव्य समारोह गर्दै औपचारिक घोषणा गरिएको हो ।

नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ नाममा रजिस्टर्ड भएको छ भने एप ‘खल्ती बाई आईएमई’ नामबाट सञ्चालन हुनेछ । साबिकका आईएमई पेका प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाई आईएमई’ मा माईग्रेट गर्ने सुविधा सार्वजनिक भइसकेको छ जसबाट आईएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्टहरू र सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन्। खल्तीका प्रयोगकर्ताहरूले भने आफ्नो खल्ती एपलाई अपडेट गरी नयाँ एपको अनुभव गर्न सक्नेछन् ।

एकीकरण पश्चात् ५४.५४ करोड भन्दा बढी चुक्ता पुँजी भई ‘आईएमई बाइ खल्ती’ देखकै ठुलो डिजिटल वालेट बनेको छ । यस नयाँ सुरुवातले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी