×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात कार्यालय झापाद्वारा एक अर्व राजस्व सङ्कलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यातायात कार्यालय झापाद्वारा एक अर्व राजस्व सङ्कलन

Artha Sarokar

१२ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा रु एक अर्ब ६ करोड १७ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा रु १२ करोड ९५ लाख ३३ हजार बढी राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा १३ हजार ९७० सवारीसाधन दर्ता हुँदा १९ हजार ७७८ जनाले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका उनले बताएका छन् ।

यसैगरी, कार्यालयले एक वर्षमा २२ हजार ६९१ सवारीसाधन नवीकरण गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा धेरै चार हजार ९६२ मोटरसाइकल दर्ता हुँदा तीन हजार ४१० स्कुटर दर्ता भएका सूचना अधिकारी ओलीले जानकारी दिएका छन् ।

सो अवधिमा दुई हजार ६८८ ई-रिक्सा, ७६७ ई-स्कुटर, २४९ ट्याक्टर, २४६ जिप, २५८ कार, १६५ बस, १४६ भ्यान, ३९ टिपर, ७७ ट्रक र २३ मिनी बस दर्ता भएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी