काठमाडौँ । जोशी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले साउन १५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गर्न लागेको छ ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत असार ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले आगामी भदौ ४ गते सम्म हकप्रद खरिदकालागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइन क्यापिटल काठमाण्डौका साथै जोशी हाईड्रोको कार्यालय र लक्ष्मी सनराइज बैंक इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’ बाट समेत आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्