काठमाडौँ । व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा रहेको हाउस अफ राजले नेपालकै प्रमुख फिनटेक कम्पनी फोन पे सर्भिसेज लिमिटेड मा २० प्रतिशत सेयर किन्ने सम्झौता गरेको छ ।
ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक मनिष थापाका अनुसार १ अर्ब ४० करोड रुपैयाँमा भएको यो सम्झौता दुई महिना अघि सम्पन्न भइसकेको हो । ग्लोबल इक्विटी फन्ड हाउस अफ राजसँग आवद्ध कम्पनी हो । उक्त सम्झौता अहिले राष्ट्र बैंकको स्वीकृतिको प्रक्रियामा रहेको छ ।
फोन पे, एफवान सफ्ट इन्टरनेशनल समूहअन्तर्गतको भुक्तानी सेवा प्रदायक कम्पनी हो, जसले हाल नेपालभर ठूलो मात्रामा डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा फोन पेमार्फत २० खर्बभन्दा बढीको अन्तरबैंक रकम ट्रान्सफर भएको थियो ।
कम्पनीले क्यूआरमार्फत भुक्तानी, भारतीय पर्यटकलाई लक्षित सेवा, र यूपीआई कारोबारजस्ता सुविधाहरू सञ्चालनमा ल्याएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्