×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यूयोर्कमा कुलमान र ज्ञानेन्द्र ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

न्यूयोर्कमा कुलमान र ज्ञानेन्द्र ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित

Artha Sarokar

१२ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन् । अमेरिकाको न्यूयोर्कमा ग्लोबल नेपालीद्वारा आयोजित एक समारोहकाबीच कुलमानलाई ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मान गरिएको हो ।

घिसिङसँगै सो अवार्डबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पनि सम्मानित गरिएको छ ।

राष्ट्र निर्माण र जनसेवामा पुर्याएको योगदानको कदर गर्दै कुलमान र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित गरिएको हो । अवार्ड ग्रहण गर्दै घिसिङले उक्त अवार्डका लागि आभार प्रकट गरेका छन् । 

यता शाहीले उक्त अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण नेपालीहरुको विश्वासको श्रेष्ठता भएको बताएका छन् । उक्त कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी