Skip to content
LAXMI SUNRISE BANK

फोनपेसँगको सहकार्यमा कुमारी बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड सेवा

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्ट मार्फत सहज रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो, जसलाई ग्राहकहरुले आफ्नो कुमारी स्मार्ट बचत एपमार्फत सहजै मोबाईलबाट सुचारु गर्न सक्नेछन् । फोनपेको क्यूआर मर्चेन्टहरुमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरुले अधिकतम ४५ दिन सम्म बिना ब्याज (शर्तहरु लागु हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्नेछन् ।

विगत २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।

एटिएम, पीओएस तथा ग्रिन-पिन सुविधा विस्तार गर्नुका साथै भिसा,मास्टरकार्ड तथा युपीआइ कार्ड स्वीकार्यता देशभरका एटिएम र पीओएसमा लागू गर्दै डिजिटल कारोबारको पहुँच बढाएको बैंकले आगामी दिनहरुमा पनि विद्युतीय कारोबारलाई प्रथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाहरु प्रदान गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK