×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घाटामा रहेको हिमालयन लघुवित्तले एक वर्षमै कमायो ९ करोड बढी नाफा, ईपीएस २८.७० रुपैयाँ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

घाटामा रहेको हिमालयन लघुवित्तले एक वर्षमै कमायो ९ करोड बढी नाफा, ईपीएस २८.७० रुपैयाँ पुग्यो

Artha Sarokar

१४ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्थाले ९ करोड बढी खुद नाफा कमाएको छ । लघुवित्तले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ९ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको हो । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा २० लाख रुपैयाँ ऋणात्मक थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५८.५० प्रतिशत र अन्य सञ्चालन आम्दानी १८.४८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमै लघुवित्तको कुल सञ्चालन आम्दानी पनि ५२.७७ प्रतिशतले बढेको छ । 

त्यस्तै, अघिल्लो आर्थिक वर्षमा ३५ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा पनि गत आर्थिक वर्षको चौथो मसान्तसम्म १३ करोड ११ लाख रुपैयाँ धनात्मक रहेको छ । नाफासँगै यसअवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा लघुवित्तको ईपीएस ६३ पैसा ऋणात्मकबाट बढेर २८ रुपैयाँ ७० पैसा पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.३८ गुणा छ । ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २२ करोड ७९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी