×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि औजार कारखाना चलाउने दौडमा महावीर पुन, किताब बेचेर १६ करोड संकलन, १२ करोड आविष्कार केन्द्रको खातामा 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कृषि औजार कारखाना चलाउने दौडमा महावीर पुन, किताब बेचेर १६ करोड संकलन, १२ करोड आविष्कार केन्द्रको खातामा 

Artha Sarokar

६ श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले किताब बेचेर १६ करोड बढी रकम संकलन गरेका छन् । उनले आफ्नै आत्मकथाको पुस्तक बेचेर हालसम्म १६ करोड ३५ लाख रुपैयाँ संकलन गरेका हुन् ।

पुनका अनुसार उनले हालसम्म २ लाख १८ हजार थान पुस्तक बेचिसकेका छन् । पुनको आत्मकथाको पुस्तकको मूल्य प्रति पुस्तक ७ सय ५० रुपैयाँ तोकिएको छ । 

पुस्तक बेचेर संकलन गरिएको रकमले विगत दुई दशकदेखि बन्द रहेको वीरगन्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्ने पुनको योजना छ । उनले पुस्तक बिक्रीबाट संकलन भएको रकममध्ये हालसम्म १२ करोड रुपैयाँ आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको जानकारी दिएका छन् । 

पुनले २०८० पुसदेखि पुस्तक बिक्री गर्न सुरु गरेका थिए । हालसम्म पुनले ४३ जिल्लामा पुगेर पुस्तक बिक्री गरिसकेका छन् । थप ३४ जिल्लामा पनि पुग्ने योजना रहेको पुनको भनाई छ । सो रकमले बन्द कृषि औजार कारखानालाई सञ्चालनमा ल्याउने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी