काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । लघुवित्तले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा २५५.८० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड २१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी बढेको र इम्पेयरमेन्ट चार्ज घटेका कारण लघुवित्तको नाफा बढेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.०२ प्रतिशत र अन्य सञ्चालन आम्दानी २.५२ प्रतिशतले बढेको छ । यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ३६.३० प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २३२.३३ प्रतिशतले बढेको छ ।
त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । नाफासँगै समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा लघुवित्तको ईपीएस २० रुपैयाँ ९८ पैसाले बढेर ३० रुपैयाँ ८६ पैसा पुगेको छ । यसअवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ३९ पैसा छ भने मूल्य आम्दानी अनुपात ४१.८६ गुणा छ । ३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४२ करोड ३१ लाख रुपैयाँ सञ्चित छ ।