काठमाडौँ । लक्जम्बर्ग पठाउने भन्दै रकम ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि लक्जेम्बर्ग पठाउने भन्दै रकम ठगी गरेको आरोपमा ४० वर्षीय भूप नारायण चौधरी पक्राउ परेका हुन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नं. ४ बाट पक्राउ गरेको हो ।
चौधरीले आकर्षक तलबको प्रलोभन देखाएर विदेश पठाउने भन्दै १२ लाख लिएर सम्पर्क विहीन भएका थिए । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्