काठमाडौँ । अमेरिका पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । रोजगारीका लागि आकर्षक तलबमा अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा ३० वर्षीय रन्जन पाण्डे पक्राउ परेका हुन् ।
उनी चन्द्रागिरी नगरपालिका-७ बस्दै आएका थिए । पाण्डेको स्थायी ठेगाना तनहुँको व्यास नगरपालिका-१२ रहेको प्रहरीले जनाएको छ ।
उनले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ७५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पीडितले दिएको उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका-४ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्